यो दसैंमा शिवपुरीमा रेस्लिङको महाभिडन्त हुने



नुवाकोट,भदौ २३ । यस वर्षको दसैंमा रेस्लिङको महाभिडन्त हुने भएको छ ।

नेपाल रिङ रेस्लिङ नुवाकोट कमिटीको आयोजनामा हुने रेस्लिङमा नेपालका ख्यातिप्राप्त रेस्लरको सहभागिता रहने आयोजकले जनाएको छ ।

आउदो असोज १५ गते शनिबार १ बजे शिवपुरी गाउँपालिकाको वडा नम्बर ६ गुर्जेमा हुने प्रतियोगितामा नुवाकोटे टाइगर, किङ रोबर्ट, साइन, चट्टान, डेभिड, बाका, सुजल, एक्स हिरो, टुपी ग्याङ, स्पाइडर म्यान, तनु, आकृति लगायत दुई दर्जन खेलाडीको सहभागिता रहनेछ । खेलको रेफ्रीमा बिकास खड्का र कार्यक्रमको उद्घोषक जीवन तामाङले गर्नेछन् ।

प्रतियोगिताको सहआयोजकमा शिवपुरी गाउँपालिका, राष्ट्रिय खेलकुद परिषद, ग्रीनसिटी अस्पताल, ढलानघर एग्रो लैनचौर  ब्यायाम मन्दिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्