नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशद्धारा भलिबल टोलीको घोषणा



काठमाडौं,असोज १ । नवौं राष्ट्रिय खेलकुदका लागि घरेलु टोली गण्डकी प्रदेशले भलिबलतर्फको महिला र पुरुष टोलीको घोषणा गरेको छ । प्रदेश खेलकुद विकास परिषद् गण्डकीले पुरुषतर्फ हरि पाण्डे तथा महिलातर्फ राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको प्रशिक्षकमा रमेश केसी र व्यवस्थापकमा जीवन भण्डारी रहेका छन् ।

बन्द प्रशिक्षण भोलीबाट सुरु हुनेछ । नवौं राष्ट्रिय खेलकुद यहि असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

महिला भलिबल म्याग्दीको बेनीमा रहेको म्याग्दी खेल मैदानमा असोज २७ देखि कार्तिक २ गतेसम्म तथा पुरुषतर्फको खेल पोखरा रंगशालाको भलिबल कोर्टमा असोज २८ देखि कार्तिक ३ सम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्