मंगलवारबाट ‘नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप’ हुँदै, ४ देशका ३६ खेलाडी सहभागी



काठमाडौं,असोज ११ । ‘वल्ड टुरिजम डे’ को अवसरमा मंगलवारबाट ‘नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप’ हुने भएको छ । 

राजधानीमा सोमवार नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलवारबाट आयोजान हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगितामा ५४ होलको  खेल हुनेछ । तीन दिने प्रतियोगितामा नेपाल, बङ्गलादेश, कतार र मलेसियाका ३६ जना खेलाडीको सहभागिता रहनेछ ।

पुरूष र महिलाको टिम प्रतिष्पर्धा पनि हुनेछ । यो वल्ड र्‍याङकिङ प्रतियोगिता पनि हो । त्यसैले महिला नेपाली गल्फरको लागि वल्र्ड  र्‍याङकिङमा स्थान बनाउने अवसर पनि भएको आयोजकको भनाइ छ ।

नेपाल नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टसी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीबाट प्रतिष्पर्धा  गर्नेछन् ।

टिम प्रतिष्पर्धामा बङ्गलादेश र कतारको पनि सहभागिता रहनेछ । महिलातर्फ भने कुल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन् । यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्