लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल सुरु



नुवाकोट,असोज ११ । लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ । गड्खार जनजागरण युवा क्लबद्वारा आयोजित लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल खेल प्रतियोगिता‌ सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका नेता तथा पार्टीका पोलिटब्युरो सदस्य एवम पुर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको गड्खार जनजागरण युवा क्लबका सन्तोष राईले जनाएका छन ।

कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठको विशेष आतिथ्यता रहेको थियोे । त्यस्तै लिखु गाउँपालिका उपाध्यक्ष शुभद्रा अधिकारी, नेकपा माओवादी केन्द्र क्षेत्र नं १ को अध्यक्ष सचिव क्रमश प्रमोद लाल श्रेष्ठ, धर्मप्रसाद अधिकारी, नेकपा माओवादी केन्द्र लिखु गाउँपालिका अध्यक्ष भिम प्रसाद ढकाल,वाइसीएल केन्द्रिय सदस्य एवम नुवाकोट जिल्ला इन्चार्ज मिलन लामा लगायतको उपस्थिति रहेको सो क्लबले जनाएको छ ।

उद्घाटन सत्रको पहिलो खेल आयोजक टिम गड्खार जनजागरण युवा क्लब ३ गोल चक्रदेवि युवा क्लब -१ र दोस्रो खेल पोख्रेली युवा क्लब ३-बराफेदि युवा क्लब ० को गोल अन्तरमा समापन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्