नुवाकोट गुर्जेमा हुने बडा दशैं रिङ रेस्लिङ महाभिडन्तको तयारी पूरा



काठमाण्डौं,असोज १४ । नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार हुने रिङ रेस्लिङ प्रतियोगिता नुवाकोटको गुर्जेस्थित कालिका माविको प्राङ्गणमा हुँदैछ । यस प्रतियोगितामा नुवाकोटे टाइगर आफ्नै गाउँमा भिडन्त गर्नेछन् ।

प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ ।  हेभी वेट विधाको विजेताले १५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार नगद पुरस्कार बेल्ट, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडर म्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायतका रेस्लरहरुको भिडन्त हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।

रेफ्री विकास खड्का र सिसम मैनीले प्रतियोगिता संचालन गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्