भित्रीकोट दौड : दाई प्रथम, भाइ दोश्रो



प्युठान,असोज १८ । वडादशै महाअष्टमी पर्बको अवसरमा आयोजित ‘भित्रिकोट दौड’ प्रतियोगितामा प्युठान नगरपालिका-७ का गोबिन्द बहादुर घर्ती क्षेत्री विजेता वन्नुभएको छ।

पुण्यखोला स्थित नेपाली सेनाको ब्यारेकदेखि पर्यटकिय स्थल भित्रीकोट सम्मको ८ किलोमिटरको दुरी ५० मिनेटमा पार गर्दै गोविन्द विजेता बन्नुभएको हो।यस्तै, उहाकै भाइ तिलक घर्तिक्षेत्रीले ५२ मिनेटमा दौड पुरागरी दोस्रो हुनुभयो । भने प्यूठान नगरपालिका ९ का तेज बहादुर पुन तेस्रो हुनुभयो। तिलकले ५३ मिनेटमा दौड पूरा गर्नुभएको हो ।

१७ जना प्रतियोगि सहभागी डौड प्रतियोगिताको प्युठान नगरपालिका ४,६ र ७ वडा र भित्रीकोट- बखडी मेला ब्यबस्थापन समितिले आयोजना गरेको हो।

प्रतियोगिताका बिजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार पाउने प्यूठान नगरपालिका ७ का वडा अध्यक्ष नेत्र बहादुर केसीले जानकारी दिनुभयो । उहाका अनुसार उक्त पुरस्कार कोजागत पुर्णिमाको दिन बखडी मेलामा बितरण गरिने भएको छ । गन्तव्यमा पुगेका १५ सहभागी प्रतियोगीलाई समेत ३ हजार रुपियाँको दरले पुरस्कार दिईने वडाअध्यक्ष केसिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्