दाङका बस्नेतले आर्मीबाट आईटीएफमा जिते स्वर्ण



दाङ,कात्तिक १। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ तेक्वान्दो खेलमा नेपाल आर्मीका खेलाडी लिलाधर बस्नेतले स्वर्ण पदक जितेका छन् ।

गण्डकी प्रदेशको बागलुङ जिल्ला भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ खेलमा दाङ घोराही खेलाडी बस्नेतले मंगलबार ६५-७० तौल केजी समुहमा स्वर्ण जितेका हुन ।

बस्नेतले प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडी जनक बुढामगरलाई हराउँदै नेपाल आर्मीका लागि स्वर्ण पदक जितेका हुन । फाइनलमा पराजित मगरले रजत पदकमै चित्त बुझाएका छन् । उक्त तौल समुहको खेलमा लुम्बिनी प्रदेशका सन्तोष केसी र १ नम्बर प्रदेशका हिराधन राईले काश्य पदक प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्