सन्दीप लामिछानेको बैंक खातामा ६५ हजार २ सय मात्र



काठमाडौं,कात्तिक १४ । बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका क्रिकेटर सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ ।

सन्दीपको एनआईसी एसिया बैंकमा रहेको खातामा रहेको रकम रोक्का गर्न माग गरिएको छ भने उनको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्