इङ्ल्याण्ड टी–२० विश्वकपको फाइनलमा, भारतको लज्जास्पद हार



काठमाडौं, कात्तिक २४ । भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा सानदार जित निकालेको छ ।

भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्याण्डले बिना कुनै विकेट क्षति १६ ओभरमा पुरा गर्यो । इङ्ल्याण्डका एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकासहित ८६ रन बनाउँदा बटलरले ४९ बलमा ३ छक्का र ९ चौकासहित ८० रन बनाए ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पान्ड्याले ६३ रन बनाए । उनले ३३ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन, लोकेश राहुल ५ रन, रोहित शर्माले २८ बलमा ४ चौकासहित २७ रन, सूर्यकुमार यादव १४ रन, ऋषभ पन्तले ६ रन जोडे ।

अब इङ्ल्याण्डले उपाधिका लागि पाकिस्तानसँग आइतबार प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्