इरानमा गोली चल्दा एक बालिकासहित ५ जनाको मृत्यु



एजेन्सी, मंसिर १ । बुधबार इरानको दक्षिणपश्चिमी सहर इजिहमा मोटरसाइकलमा सवार आक्रमणकारीले गोली चलाएको थियो। आक्रमणमा ५ जनाको मृत्यु भएको थियो ।

समाचार एजेन्सी इरनाका अनुसार गोलीबारीमा एक प्रहरीसहित १० जना घाइते भएका छन् । सहरको खुजेस्तान प्रान्तका डेपुटी गभर्नर वलीउल्लाह हयातीले मारिनेमा एक बालक र एक महिला रहेको बताइएको छ ।

प्रहरीको अनुसार आक्रमणको कारण भने थाहा छैन । आक्रमण दुई महिनादेखि चलिरहेको हिजाब विरोधी प्रदर्शनसँग सम्बन्धित रहेको अनुमान गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणपछि उक्त क्षेत्रमा भीड जम्मा भएको थियो। जनताले सरकारविरुद्ध नारा लगाउन थाले । केही व्यक्तिले प्रहरीमाथि ढुंगा हानेका छन् । त्यहाँको प्रहरीले जनतालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो ।

‘टाइम्स अफ इजरायल’को रिपोर्टका अनुसार मानिसहरूले शिया समुदायको विद्यालयमा पनि आगजनी गरेका छन्। इरानमा यस्ता आक्रमण बढ्दै गएका छन् । २६ अक्टोबरमा इरानको शिराजस्थित एक धार्मिक स्थलमा गोली चलेको थियो । आक्रमणमा १५ जनाको ज्यान गएको थियो । ४० भन्दा बढी घाइते भएका छन् । घटना शिया समुदायको पवित्र स्थल शाह चेरागमा भएको हो ।

२२ वर्षीया महसा अमिनीको मृत्युपछि इरानमा प्रदर्शन भइरहेको छ । मेहसालाई हिजाब नलगाएको भन्दै सेप्टेम्बर १३ मा प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा ज्ञट सेप्टेम्बरमा उनको मृत्यु भयो। यसपछि मानिसहरू सडकमा उत्रिएर हिजाब लगाउन अनिवार्य गरेको विरोधमा प्रदर्शन गर्न थाले। आन्दोलनमा अहिलेसम्म ३४४ जनाको मृत्यु भइसकेको कार्यकर्ताहरुले बताएका छन् । यसमा धेरै युवाहरु पनि संलग्न छन् । करिब १५ हजार ८२० जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्