विश्वकपमा अर्जेन्टिनाको खराब सुरुवात, साउदी अरबसँग २-१ ले पराजित



काठमाडौं,मंसिर ६ । कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो खेलमा नै हार व्यहोरेको छ । उपाधिका लागि बलियो दाबेदार मानिएको अर्जेन्टिना साउँदी अरबसँग २-१ ले पराजित भएको हो ।

मेसीले खेलको १० औं मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । खेलको ४९ औं मिनेटमा साउदी अरबका सालेह अल शेरीले बराबरी गोल फर्काए । त्यसको ४ मिनेट पछि नै सालेम अल दस्वारीले गोल गर्दै साउदीलाई २-१ ले अघि बढाए ।

त्यसपछिको प्रतिष्पर्धात्मक खेलमा अर्जेन्टिनाले गोल गर्न सकेन र खेल साउदी अरबले जित्यो । खेलमा आक्रामक रहेका साउदी अरबका ६ जना खेलाडीले पहेंलो कार्ड पाए । 

जितसँगै समूह सि मा रहेको साउदी अरबले ३ अंक जोडेको छ । 

प्रतिक्रिया दिनुहोस्