इरान विरुद्ध वेल्स : टिकी टाका होइन, सिधै काउन्टर अट्याकको रणनीति



एजेन्सी,मंसिर १०। ६४ वर्षपछि वेल्स बल्ल विश्वकप खेल्दैछ । यूईएफए नेशन्स लिगमा खराब प्रदर्शन गरेको यो देशले विश्वकपको क्वालिफाइङ खेलहरूमा यसको नाटकीय प्रदर्शन रह्यो । १० ओटा खेलमा १ ओटामा मात्रै वेल्सले हार बेहोर्यो त्यो पनि यस पटकको विश्व कप दाबेबार मध्ये एकको रुपमा हेरिएको बल्जियमसँग । 

यसको अर्थ हो, पूरै लयमा रहेको अनि खेलाडीहरू कसैलाई पनि चोटपटक नलागेको बेलामा ग्यारेथ बेल, आरोन र्याम्से र जो एलनको त्रिकडीले प्रतिस्पर्धी टोलीलाई आच्छु आच्छु पार्छ । तर राम्से, बेल दुबैलाई चोट लागेको छ । वेल्स यसका अनुभवी स्टार खेलाडीमा निर्भर छ । यो कुरा विश्वकपको शुरुआती खेलमै स्पष्ट देखिसकेको छ । बेलले पाएको पेनाल्टीलमा गोल गरेपछि अमेरिकासँगको खेल बराबरी भएको थियो ।

इरानलाई पहिलो पटक अन्तिम १६ मा जाने अवसर सृजना गर्न चाहन्छ । तर समूह चरणको पहिलो खेलमा बेलायतसँग ६–२ को अन्तरको हारले यो आशा केही धूमिल भएको छ । वेल्स जस्तै इरान पनि स्टार खेलाडीमा निर्भर छ । २०२०/२१ को सिजन शुरु भएयता इरानी खेलाडी मेहदी तारेमी पोर्चुगलको फूटबल लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । उनले ४२ गोल गरेका छन् ।

यो हप्ताको शुरुमा बेलायत विरुद्धको दुबै गोल ३० वर्षे तारेमीले नै गरेका थिए । उनीसँग कतारमा खेलेको १८ महीनाको अनुभव पनि छ । इरानको अग्र पंक्तिको नेतृत्व तारेमीले गर्नेछन् । उनलाई अलिरेजा जाहानबख्स र सरदार अजमनले साथ दिनेछन् । अक्टोबरमा लिचरस्कनका लागि खेल्दा अज्मन घाइते भएका थिए ।

तर अहिले कतारमा खेल्न उनी ठिक भइसके । इरानको कोच पुनःस्थापित भएयता टोलीले ४–१–४–१ को ढाँचामा खेलिरहेको छ । आक्रमण गर्नु पर्यो भने उनीहरु ४–३–३ भएर खेल्छन् । यो लचकता र प्रतिआक्रमणले इरानको खेल शैली वेल्सको जस्तै छ । दुबै टिमले एक अर्कालाई कडा टक्कर दिनेछन् । यो खेलमा टिकी–टाकाको आशा छैन । बरु बक्स–टू–बक्स एक्सन हेर्न पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्