फ्रान्सले तोड्यो युरोपियन विश्वकप विजेताले समूहचरण पार नगर्ने २० वर्षे रेकर्ड



काठमाडौं,मंसिर १२ । फ्रान्स जारी विश्वकपमा नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शनमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै कतार विश्वकपको नकआउट चरणमा छनोट भएको छ ।

यो संगै युरोपियन विश्वकप विजेता टोली समूह चरणबाटै बाहिरिरहेको २० वर्षे इतिहासमा पनि ब्रेक लगाएको छ । १९९८ को विश्वकप विजेता फ्रान्स २००२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि शुरू भएको यो ट्रेण्ड २०१८ सम्म जारी रहेको थियो ।

२००२ को विश्वकप विजेता ब्राजिलले जितेको थियो । उ उत्तर अेमिरिकी मुलुक हो । २००६ को विजेता इटली, २०१० को विजेता स्पेन र २०१४ को विजेता जर्मनी अर्को विश्वकपमा समूह चरणबाटै बाहिरिएका थिए ।

डिफेन्डिङ च्याम्पियनलाई नकआउट चरणमा पुर्‍याउन एमबाप्पेले खेलको ६१ औं मिनेटमा फ्रान्सलाई १–० को अग्रता दिलाएका थिए । तर, त्यसको सात मिनेट नबित्दै डेनमार्कका आन्द्रेस क्रिस्टिेनसेनले हेडर गोल गर्दै खेललाई १–१ गोलको को बराबरीमा ल्याएका थिए ।

तर खेलको ८६ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो र निर्णायक विजयी गोल गरेपछि फ्रान्स २–१ को जितसहित अन्तिम १६ मा पुगेको हो ।

फ्रान्सले समूहचरणको अन्तिम खेल ट्युनिसयाविरुद्ध खेल्ने छ । उक्त खेलले समूहको शीर्षस्थानमा रहने फ्रान्सको भाग्य निर्धारण गर्ने छ ।

यसै समूह अर्को खेलमा ट्युनियिामाथि १–० को जित निकाल्दै अस्ट्रेलियाले पनि ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । उसले समूहको अन्तिम खेलमा डेनमार्कको सामना गर्ने छ । डेनमार्कलाई नकआउटमा पुग्न उत्त: खेल जित्नैपर्ने छ भने अस्ट्रेलियाले बराबरी खेले पनि अन्तिम १६ मा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्