विश्वकपको बलियो टोली बेल्जियम पनि स्तब्ध : मोरक्को २-० गोलले विजयी



काठमाडौं,मंसिर १२ । कतारमा जारी विश्वकपमा विश्वकपको सदाबहार दाबेदार बेल्जियम पनि स्तब्ध भएको छ । उत्तर अमेरिकी टोली मोरक्कोले बेल्जियममाथि २-० को जित निकालेको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा खेलको ७२ औं मिनेटमा मोरक्कोले अग्रता लिएको थियो । ९० मिनेटसम्म १-० गोल अन्तरले अघि रहेको मोरक्कले ९२ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

यो संगै मोरक्कोले ४  अंक जोडेर समूह एफ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा मोरक्कोले क्रोएशियासँग गोलरहित बराबरी खेलेको थियो । पहिलो खेलमा क्यानडालाई १-० ले हराएको बेल्जियम २ खेलबाट ३ अंक जोडेर समूहको दोस्रो स्थानमा झरेको छ ।

अब समूह चरणको अन्तिम खेलमा मोरक्कोले क्यानडा र बेल्जियमले क्रोएशियाको सामना गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस्