ब्राजिल विश्वकपको दोस्रो चरणमा, स्वीट्जरल्याण्डको सम्भावना पनि कायमै



काठमाडौं,मंसिर १३ । कतारमा जारी विश्वकपमा दुई खेल बाटै दोस्रो चरण पुग्ने ब्राजिल दोस्रो टोली बनेको छ । यस अघि डिफेन्डिङ च्याम्पियन फ्रान्स दुई खेल जितेर दोस्रो चरण पुगेको थियो ।

भरखरै सम्पन्न खेलमा ब्राजिलले स्वीट्जरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ । ब्राजिलको लागि खेलको ८२ औं मिनेटमा क्यासेमिरोले गोल गरेका थिए ।

पराजित भएपनि स्वीट्जरल्याण्डको दोस्रो चरण पुग्ने सम्भावना अन्य टोलीको भन्दा बलियो छ । समूह चरणको अन्तिम खेलमा ब्राजिलले क्यामरुन र स्वीट्ट्जरल्याण्डले सर्बियाको सामना गर्ने छन् । सर्बिया र क्यामरुनले १-१ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्