अपराजित रहँदै सुदूरपश्चिम यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा



काठमाडौं,मंसिर १६ । बागमती प्रदेशमाथि ७ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

सुदूरपश्चिम प्रतियोगितामा अपराजित रहेको छ । बागमतीले दिएको १२५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान अनुराग शाहीले सर्वाधिक ३९ रनको योगदान गर्दै ४४ बलमा ६ चौका प्रहार गरे । ओपनरद्वय दीपक बोहोरा र दीपक बोहोराले क्रमशः १७ र १० रन बनाए । मिलन बोहोराले ३२ बलमा ३३ रन बनाए । गजेन्द्र बोहोराले ९ बलमा १९ रनको अविजित पारी खेले । बागमतीका लागि रोशन विकले सर्वाधिक २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्