दक्षिण कोरियालाई फराकिलो गोल अन्तरमा हराउँदै क्वाटर फाइनल पुग्यो ब्राजिल



काठमाडौं,मंसिर २० । दक्षिण कोरियालाई फराकिलो गोल अन्तरमा हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलवार बिहान सम्पन्न खेलमा ब्राजिल ४-१ गोल अन्तरमा विजयी भएको हो ।

ब्राजिलले सबै गोल पहिलो हाफमा गरेको हो भने कोरियाले दोस्रो हाफको ७५ मिनेटमा सान्त्वना गोल फर्काएको हो ।

खेलको सातौ मिनेटमै गोलको खाता खोलेको ब्राजिलले ३० मिनेटको अन्तरमा ४-० को अग्रता लिएको थियो । खेलको ७, १२, २८ र ३५ मिनेटमा ब्राजिलले गोल गरेको थियोे ।

दोस्रो हाफमा दक्षिण कोरिया सम्हालिएर खेलेपछि ब्राजिलले थप गोल गर्न सकेन । 

प्रतिक्रिया दिनुहोस्