नेपाल टी-ट्वान्टी पुस ८ गतेबाट सुरु



काठमाडौं,मंसिर २२ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता सरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ । यसअघि पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ सम्म आयोजना हुने तालिका थियो । यस्तै क्यानले प्रतियोगिता खेल्ने नयाँ टोली समेत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्