२०१४ को सेमिफाइनल पेनाल्टीमा गुमाएको नेदरल्यान्डले अर्जेन्टिनासँग बदला लिन सक्ला ?



काठमाडौं,मंसिर २३ । कतारमा जारी विश्वकपमा शुक्रवार रातिको दोस्रो खेलमा अर्जेन्टिना विरुद्ध नेदरल्यान्ड भिड्दैछन् । नकआउटमा अमेरिकाविरुद्धको शानदार ३–१ को जितसँगै नेदरल्यान्डले अन्तिम ८ मा ठाउँ सुरक्षित गरेको थियो । मेसी एन्ड कम्पनीले पनि अष्ट्रेलियालाई २–१ ले हराएर क्वाटरफाइनलमा आइपुगेको हो । 

दुई ऐतिहासिक टोलीबीचको शुक्रवारको खेल निकै सुन्दर हुने अर्जेन्टिनी कोचले पनि भनेका छन् । आफूहरुले निकै अप्ठ्यारो प्रतिद्वन्द्वीको सामना गर्ने भएकोले राम्रो खेल्ने उनले बताए । डच टिम विगतमा जस्तो चम्कन नसकेको भएपनि उनीहरूले आफूले के गर्नुपर्छ भन्नेमा स्पष्ट भएको पनि उनले बताए । शुक्रवार हुन गइरहेको खेलवारे अर्जेन्टिनी कप्तानको धारणा पनि कोचको जस्तै छ । 

निकै राम्रो खेल्ने नेदरल्यान्डसँग आफ्नो खेल निकै कठिन हुने क्वाटरफाइनल अघि मेसीले भनेका छन् । टोलीमा खेलाडी र कोच दुवै निकै उत्कृष्ट रहेको अनि खेल निकै कठोर हुने उनले बताए । विश्वकप शुरू देखि नै कठिन हुने अनि यो चरण देखि झनै कठोर हुने पनि उनले भनेका छन् । मेसी र सारा टोली लिभरपुलका स्टार डिफेन्डर भर्जिल भान डिज्क नेतृत्वको टिमसँग भिड्न्तको रमोञ्चकता तपाईंले कल्पना गर्न सक्नु हुन्छ ? 

विश्वकपको पहिलो खेल गुमाएपनि अर्जेन्टिना लगातार तीन जीत सहित क्वाटर फाइनलमा पुगेको हो । कतार विश्वकपमा मेसीले कूल ३ गोल गरेका छन् । योसँगै उनले फिफा विश्वकपमा गरेको कूल गोल संख्या ९ पुगेको छ । यो पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको भन्दा धेरै हो । फिफा विश्वकपमा रोनाल्डोको गोल संख्या ८ छ । कतार विश्वकपमा हरेक खेलै पिच्छै मेसी चम्किरहेका छन् । अर्जेन्टिनालाई तेस्रो विश्वकपको उपाधि दिलाउनबाट अब मेसी तीन खेल मात्रै पछि छन् । 

साउदी अरबसँग समूह चरणको पहिलो खेलमै २–१ ले हारेयता अर्जेन्टिनी टोलीले निकै लयमा खेलिरहेको छ । विश्वकपमा अर्जेन्टिनाको यात्रा लम्बिएसँगै मेसीको प्रदर्शन प्रभावशाली बन्दै गएको छ । साउदी अरबसँगको हारयता अर्जेन्टिनाले अहिलेसम्म पाँच गोल गरेको छ भने यस क्रममा एक गोल मात्रै खाएको छ । 

नेदरल्यान्ड मेसीकै तालसँग आफ्नो ताल मिलाउन केन्द्रीत हुनेछ । मेम्फिश डिपे मैदानमा फर्किएसँगै डच टोली उत्साहित बनेको छ । कोडी गाक्पोको लयको त के कुरा गर्नु । यो विश्वकपमा उनले तीन गोल गरिसकेका छन् । अमेरिका विरुद्धको खेलमा अपनाएको जस्तै रणनीति अपनाउने हो भने डच खेलाडीहरूले अर्जेन्टिनीहरूलाई आँच्छु आँच्छु पार्नेछन् । डच टोली पहिलो पटक विश्वकपको उपाधी उचाल्न सक्षम छन् भनेर घोषणा गरेयता कोच कोच लुँई भान गाल दबाबमा छन् । 

रुढीवादको आरोपमा उनी आलोचित पनि बनेका छन् । तर अमेरिकाविरुद्ध उसको प्रदर्शन उत्कृष्ट छ । डिपेको शुरुआती गोलले उनीहरुको खेल स्तर सम्झाइरहेनछ । कतार विश्वकपमा उपाधी उचाल्न नेदरल्यान्ड अब तीन जित मात्रै पर छ । यो आफूहरुको लागि अवसर भएको भान डिज्कले बुधवार भनेका थिए । यी दुई टिमबीचको खेलमा जो विजेता बन्छ उसले शुक्रवार क्रोयशिा र ब्राजिलबीचको खेलको विजेतासँग सेमी फाइनल खेल्नेछ । 

नेदरल्यान्डले कतार विश्वकपमा एउटा खेल पनि हारेको छैन ।  तर निकै कमजोर मानिएको इक्वेडरसँग बराबरी खेल्नु भने उसको लागि ठूलो झट्का हो । उनीहरुले कोच भान गालकै शैलीमा खेलिरहेका छन् । टोलीले यो खेलमा अर्जेन्टिनी खेलाडीलाई हताश बनाउन सक्दो प्रयास गर्नेछन् । यस क्रममा गाक्पोले एक वा दुई गोल गर्लान् भन्ने आशा छ । 

हेड–टू–हेडको रेकर्डले पनि नेदरल्याडलाई नै बलियो देखाएको छ । यी टिमबीच ९ पटक भेट हुँदा नेदरल्यान्डले ४ पटक जितेको छ भने अर्जेन्टिनाले एक मात्रै खेल जितेको छ । बाँकी खेल बराबरीमा सकिएको छ । यस अघि यी दुई टोली सन् २०१४ को विश्वकपमा एक अर्का विरुद्ध खेलेका थिए । त्यति बेला अर्जेन्टिना पेनाल्टी सूट आउटमा विजयी भएर फाइनलमा स्थान बनाएको थियो । अहिले नेदरल्यान्डलाई त्यसको बदला लिने अवसर मिलेको छ ।

त्यतिबेला नेदरल्यान्डले तेस्रो स्थानको लागि भएको खेलमा ब्राजिललाई ३-० ले पराजित गरेको थियो । अर्जेन्टिना भने फाइनलमा जर्मनीको हातबाट १-० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्