गोलकिपर नायक बन्दा क्रोयशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा, ब्राजिल बाहिरियो



काठमाडौं,मंसिर २३ । क्रोयशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोयशियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियोे ।

अतिरिक्त समयमा पनि दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि विजेताको टुंगो पेनाल्टी सूटआउटबाट लगाइएको हो । पेनाल्टीमा क्रोयशिया ४-२ ले विजयी भएको हो ।

क्रोयशियाले खेलेको यो लगातार दोस्रो पेनाल्टी सूटआउट हो । अन्तिम ८ मा स्थान बनाउन पनि उसले जापानलाई पेनाल्टी सूट आउटमै पराजित गरेको थियो । क्रोयशियाले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्डबीच हुने खेलको विजेता सँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्