विश्वकप फुटबल : मोरक्को सेमिफाइनलमा प्रवेश



काठमाडौं, मंसिर २५ । पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

शनिबार राति कतारको अल थुमामा स्टेडियममा भएको खेलमा मोरक्कोले पोर्चुगललाई एक–शून्य गोलले हराएको हो । मोरक्कोका लागि खेलको ४२ औँ मिनेटमा युसेफ एन–नेसरीले गोल गरे । पोर्चुगलले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन ।

योसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । आजै दोस्रो क्वाटर फाइनलमा इङ्गल्यान्ड र फ्रेन्च खेल्दै छन् । अब मोरक्कोले सेमिफाइनलमा यो खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्