तेस्रो अन्तराष्ट्रिय विमानस्थल पोखरामा, प्रधानमन्त्री दाहालले गरे उद्घाटन

काठमाडौं,पुस १७ । पोखरा अन्तराष्ट्रिय विमानस्थल आज उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार विमानस्थलको उद्घाटन गरेका हुन् ।
पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री दाहालले सो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । समारोहमा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको छ । महानगरवासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न महानगरले आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने बताइएको छ । उक्त विमानस्थलबाट यति, बुद्ध, सूर्य र गुण लगायतका एयरलाइन्सले उडान समेत गरेका छन् । यो विमानस्थल २४ सैं घण्टा संचालन गर्न सकिने हिसाबले निर्माण भएको जनाइएको छ।
विमानस्थल संचालनमा आएपछि पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ।