विमानस्थलको सही र भरपुर सदुपयोग गरेर पोखरालाई पर्यटकहरूको केन्द्र बनाउनुपर्छ : अर्थमन्त्री पौडेल



काठमाडौं,पुस १७ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोडदिएका छन् ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा अर्थमन्त्री पौडलले पोखरालाई पर्यटकहरूको केन्द्रको रूपमा विकास गर्न विमानस्थलको महत्पूर्ण भुमिका हुने बताए ।

सोही अवसरमा उनले विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले भने,– ‘विमानस्थलको सही र भरपुर सदुपयोग गरेर पोखरालाई पर्यटकहरूको केन्द्रको रूपमा विकास गर्न लाग्नुपर्छ । विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउन चाहान्छु ।’

उलने भने–‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्नेछ । त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उडड्यन प्राधिकरणलाई आग्रह गर्दछु । यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहान्छु ।’

उनले पोखराबाट प्रभावकारी अन्तर्राष्ट्रिय उडानका लागि प्रभावकारी पहल गर्नका लागि जोड दिएका थिए । उनले थप बाँकी रहेका कार्यहरु पनि समयमै सम्पन्न गर्नका लागि आग्रह समेत गरेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्नका साथ र विदेशी पर्यटकको ओइरो लाग्ने वातावरण निर्माण गर्न अर्थमन्त्रालय तयार रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्