एनआइसी एशिया बैंकको एटिएम फोड्दैं गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं,पुस १८ । चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दैं गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।