प्यूठानमा अब पालिकाबाटै राष्ट्रिय परिचय पत्र बन्ने



प्यूठान,पुस १८ । प्यूठानमा अब स्थानिय तहबाटै राष्ट्रिय परिचय पत्र बन्ने भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा सेवाग्राहीकाे भीड र गुनासाे बढेपछि प्रशासनले पालिकाबाट परिचय पत्र बनाउने व्यवस्था मिलाइएकाे प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए ।

उनका अनुसार सेवाग्राहीलाई सहज हुने हिसाबले जिल्लाको ९ वटा स्थानीय तहबाट विवरण संकलन सुरु गरिएको हो।

प्रशासनले जारी गरेकाे सूचना अनुसार सम्वन्धित पालिकामा परिचय पत्र भरेर कागजात सहित प्रशासनमा पुग्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्