कैलालीका तीन जना नेपालीको भारतमा निसासिएर मृत्यु

काठमाण्डौँ,पुस!१८ । भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र २ वर्षीया छोरी रहेकी छिन ।
आइतबार राति कामका लागि उत्तराखण्डको मेरठमा बस्दै आएका उनीहरू कोठामा रेलमा प्रयोग हुने कोइला बालेर सुतेका थिए ।
बन्द कोठामा कोइला बालेर सुतेका उनीहरू निस्सासिएर मृत्यु भएको हुनसक्ने गौरीगंगा नगरपालिका १ का वडा अध्यक्ष डबलबहादुर दियाकोटी बोहराले बताए ।