ओलीलाई भेट्न बालकोट पुगे बाबुराम

काठमाडौं,पुस १८। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
सोमबार ओलीलाई भेट्न अध्यक्ष भट्टराई बालकोट पुगेका थिए ।
भेटवार्तामा उनीहरुबीच मुलुकको समसाययिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिताका लगायतका विषयमा छलफल भएको बताइएको छ ।