निरन्तर उकालो लाग्दैं सुनको मूल्य, प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार



काठमाडौं,पुस १९ । नेपाली बजारमा सुनको मूल्य निरन्तर आकाशि रहेको छ । सुन आज थप ९ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँले र तेजाजी सुनको मूल्य १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्