राहदानी विभागको सिस्टममा समस्या, राहदानी वितरण अवरुद्ध



काठमाडौं,पुस १९ । राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरणको काम अवरुद्ध गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै पुस १७ गतेदेखि सिस्टममा समस्या आएकोले राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको हो ।

पछिल्लो समय राहदानीका लागि फारम बुझाउने र राहदानी लिनका लागि विभागमा सर्वसाधारणको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्