बंगाली गायिका सुमित्रा सेनको निधन



एजेन्सी,पुस १९ । प्रसिद्ध बंगाली गायिका सुमित्रा सेनको ८९ वर्षको उमेरमा निधन भएको छ ।

उनको मंगलबार कोलकातास्थित आफ्नै घरमा निधन भएको हो । सुमित्रा निमोनियाबाट पीडित थिइन् । उनलाई गत डिसेम्बर २९ मा अस्पताल भर्ना गरिएको थियो । तीन दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएर उनका दुई छोरीले उनलाई घरमा ल्याएका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार सोमबार उनको स्वास्थ्य अवस्था बिग्रियो र मंगलबार बिहान उनको निधन भएको हो । सुमित्राको निधनमा बंगालकी मुख्यमन्त्री ममता बनर्जीले शोक व्यक्त गरेकी छन् ।

सुमित्राले आफ्नो करियरमा ‘मेघ बोल्छे जब जब’, ‘तिमरी झर्न निरञ्जन’, ‘सखी भावना कहारे बोले’, ‘अच्छे देख्छे मृत्यु’ जस्ता धेरै हिट गीत गाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्