डोटीका भुकम्प पिडितको आवास निर्माणका लागि गृहमन्त्रालय सकरात्मक



काठमाडौं,पुस १९ । डोटीका भुकम्प पिडितका घर पुन निर्माण र थप राहतका लागि स्थानिय निकायले गृहमन्त्रालयलाई गुहारेको छ ।

चिसो मौसम र पानी पर्न सक्ने सम्भावनाका कारण थप मानविय र भौतिक क्षति हुन नदिन पूर्वीचौकी गाउँपालिकाले गृहमन्त्रालयलाई आग्रह गरेको हो । गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरी पुन निर्माण र राहतका लागि आग्रह गरेका हुन ।

भेट पछि गृहमन्त्री लामिछाने आफुलाई उक्त क्षेत्रको बारे जानकारी अगाडि नै भइसकेको र उक्त क्षेत्रको पुन निर्माणदेखि राहतसम्मका कार्य गर्ने गृहमन्त्रालय तयार रहेको प्रतिक्रिया दिएको अध्यक्ष उपाध्यायले बताए । “एक महिनासम्म काठमाडौं मै थिए । प्राधिकरण पनि गृहमन्त्रालयको मातहतमा रहेको टोलि जिल्लामा गइसकेको छ । आज तेता बैठक बसेर घरहरुको सर्वेक्षण भइरेको छ र सर्वेक्षणमा पछि के कस्तो सहयोग गर्ने पर्छ यसमा गृहमन्त्रालय सकारात्मक छ” अध्यक्ष उपाध्यायले भने ।

डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई कार्तिक २२ गते मङ्गलवार राति ९ बजेर ७ मिनेटमा आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका थिए । १०५० घर पुर्ण क्षति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्