वागमतीमा सात मध्ये ६ दलले संसदीय दलको नेता चयन गरे



काठमाडौं,पुस १९ । बागमती प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ वटा दलले संसदीय दलको नेता चयन गरेका छन भने नेकपा एकिकृत समाजवादीले भने अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन् ।

बागमती प्रदेशको ठुलो दल नेपाली कांग्रेसले निर्वाचन मार्फत संसदीय दलको नेता चयन गरेको छ । कांग्रेसले नुवाकोटबाट विजयी बहादुर सिंह लामालाई नेतामा निर्वाचित गर्दा अन्य दलहरुले भने सर्वसम्वत तरिकाले नेता चयन गरेका छन् ।

नेकपा एमालेले चितवनबाट निर्वाचित जगन्नाथ थपलियालाई नेता चयन गर्दा माओवादी केन्द्रले धादिङबाट निर्वाचित शालिकराम जम्कट्टेललाई संसदीय दलको नेता चयन गरेको छ । राप्रपाले काठमाण्डौँबाट निर्वाचित उद्धब थापालाई नेता चयन गर्दा नेपाल मजदुर किसान पार्टीले भक्तपुरबाट बिजयी सुरेन्द्रराज गोसाईलाई दलको नेता चयन गरेको छ । त्यस्तै हाम्रो नेपाली पार्टीले काठमाण्डौँबाट विजयी शैलेन्द्रमान बज्रचार्यलाई दलको नेता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्