प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं,पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विश्वासको मतको तयारी र सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ ।

संविधानको धारा ७६ (२) अनुसार बनेको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । प्रचण्डले पुस ११ गते सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्