पाँचथरमा भीषण आगलागीः दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौं, पुस २०। पाँचथरमा भीषण आगलागी भएको छ ।वपाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । आगलागीमा परि दुईजा घाइते भएका छन् ।
स्थानीय मेघबहादुर गुरुङको घरमा भएको आगलागीमा मेघबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को मृत्यु भएको हो ।
आगलागीबाट ५५ वर्षीय मेघबहादुर र उनका २५ वर्षीय छोरा विजेन्द्र गुरुङ घाइते भएका छन् । घटनामा ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको आकलन प्रहरीले गरेको छ ।