‘दाहाल नेतृत्वमा बनेकाे सरकार अवसर केन्द्रित गठबन्धन हाे’- महत



काठमाडौं,पुस २० । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकाे सरकार अवसर केन्द्रित गठबन्धन भएको बताएका छन् ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । उनले भने,’सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएका छन्।’

गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको भन्दै यो गठबन्धन आफ्नै बोझबाट थिचिएको बताए । प्रवक्ता महतले गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको दोष नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्