सभापति देउवालाई महामन्त्री गगन थापाको आग्रह : विभाग गठनको प्रस्ताव ल्याउनुस्

काठमाडौं,पुस २० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाइ विभाग गठनको प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
महामन्त्री थापाले बुधबार महाधिवेशनको छ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने भएपनि अहिलेसम्म टुङ्गो नलागेको भन्दै आसन्न केन्द्रीय समितिको बैठकमा विभाग गठनको प्रस्ताव ल्याउन सभापति देउवासँग आग्रह हरेका हुन् ।
महामन्त्री थापाले विभाग तथा भ्रातृ संस्थाहरु गठन नहुँदा पार्टीलाई परिचालन गर्न कठिनाई भएको समेत बताउदै सभापतिले नै विधानलाई कार्यान्वयन नगर्दा कतिपय विषयहरु अड्किएको बताए । विधानसंगत कार्य नहुँदा मातहतका कार्यसमितिलाई पूर्ण रुपमा परिचालन गर्न नसकिएको बताए ।