प्रचण्डको अवसरवादी प्रवृत्तिका कारण गठबन्धन भत्किएको हो- पाण्डे

बाजुरा,पुस २१ । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस केन्द्रिय सहमहामन्त्री समेत रहेका बद्री प्रशाद पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अवसरवादी प्रवृत्तिका कारण गठबन्धन भत्किएको बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । पछिल्लो समसामयिक राजनीति घटनाक्रमका बिषयमा बोल्दै नेता पाण्डेले प्रचण्डले प्रधानमन्त्रीको पदको लोभले गठबन्धन टुटाएको बताए । नेपाली कांग्रेस निरन्तर गठबन्धन टिकाई राख्ने पक्षमा रहेपनि माओवादी अध्यक्ष बर्तमन प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री हुन पाउने भएपछि गठबन्धन छोडेर केपी ओली संग मिल्न गएको आरोप लगाएका छन् ।
गत पुष १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष कमल दाहाल प्रचण्ड गठबन्धन भत्काएर नेकपा एमाले सहित साना दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका थिए । लोकतन्त्र बिरोधि, राजावादी, लगायत भरखरै राजनीति यात्रा तय गरेका स्वतन्त्र पार्टीको नेतृत्व गर्ने रवी लामिछाने सिके राउत लगायतको सहभागीतामा बनेको बर्तमान सत्ता गठबन्धन अप्राकृतिक गठबन्धन भएको पाण्डेको भनाई छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टिकाउन नसक्नुको पछाडि केही कमजोरीहरु पार्टीको पनि रहेको हुँदा यसको पार्टी भित्रै समिक्षा हुने र आगामी दिनमा पार्टीलाई सुदृधिकरण एकताबद्ध भैई थप शसक्त ढङ्गले अगाडि बढ्ने उनले बताएका छन् । गठबन्धन भित्रको ठुलो दलको हैसियतले प्रधानमन्त्री र रास्ट्रपतिको दावी गर्नु स्वभाविक रहेको तर प्रधानमन्त्री नपाउने भएपछि गठबन्धन नै भत्काउने पक्षमा नरहेको पाण्डेले बताएका छन् ।
प्रचण्डले पनि प्रधानमन्त्रीका लागी दावी गर्नु अन्यथा नभएको तर प्रचण्ड जहाँ पद पाइने त्यतै केन्द्रित हुनु लज्जास्पद बिषय भएको पाण्डेको भनाई थियो । कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकेको भन्दैमा कांग्रेस सकिसकेको हो भन्न नमिल्ने बताउदै कांग्रेस बलियो प्रतिपक्षीको भुमिका निर्वाह गर्ने बताए । अवसरवादी कम्युनिस्ट पार्टीहरुको दोहोरो चरित्र पहिलै देखी कांग्रेसलाई अवगत भएपनि तत्कालीन समयमा संविधानको र लोकतन्त्रको रक्षाका लागी गठबन्धन गर्न बाध्य भएको बताएका हुन् । यतिमात्र होईन मुलुकमा संकट उत्पन्न भएको स्थितिमा कांग्रेसको खाचो देशलाई पर्छ भन्ने कुरा प्रमाणीत पटकपटक हुँदै आएको बताए । मुलुकमा बिकास मुलुकको शान्ति र समृद्धि जनताको सुखका निमित्त कांग्रेस जुनसुकै पार्टी संग पनि मिल्न तयार हुँदै आएको पाण्डेको भनाई थियो । निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई जनताले संतोषजनक मत दिएको तर केही अवसरवादी प्रवृत्ति भएकाहरुका कारण देश थप दुर्घटनामा जाने स्थिति सिर्जना भएको उनले उल्लेख गरे ।