होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश, उपाध्यक्षमा सेरबहादुर

चितवन,पुस २२ । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा दिनेशकुमार चुके निर्वाचित भएका छन् । चितवनको भरतपुरमा बुधवार सम्पन्न १०औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । महासंघका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम चयन भएका छन् । महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुलसीराम भण्डारी र उपमहासचिवमा राजेश मल्होत्रा निर्वाचित भएका छन् ।
यसैगरी सचिवमा राजु अधिकारी, कमलबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल निर्वाचित भएका छन् । साथै कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।