शुरु भयो स्वस्थानी व्रतकथा



काठमाडौं, पुस २३ । स्वस्थानी व्रतकथा शुरु भएको छ । शुक्रवारदेखि शुरू भएको स्वस्थानी ब्रत एक महीनासम्म चल्छ ।

स्वस्थानी ब्रतमा घर घरमा स्वस्थानी कथा पढ्ने गरिन्छ । यो पर्व पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पूत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पूरा भएको विश्वासमा श्री स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको रहेको छ । 

प्रतिक्रिया दिनुहोस्