१० महिनामा २ लाख ६३ हजार पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमे, १९ करोड राजस्व संकलन



चितवन,जेठ ११ । चालु आर्थिक बर्ष ०७९, ८०  मा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ६३ हजार बढी पर्यटक भित्रिएका छन । चालु आबको साउन देखि बैशाख सम्मको अवधिमा निकुञ्जमा स्वदेशी र विदेशी गरी २ लाख ६३ हजार ८०६ जना पर्यटक भित्रिएका हुन् । 

सबै भन्दा बढी पर्यटक कार्तिकमा
निकुञ्जको तथ्यांक अनुसार  चालु आबको कार्तिक महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छ भने सबै भन्दा कम भदौमा भ्रमण गरेका छन । जसअनुसार कात्तिकमा ४२ हजार ६४१ जनाले भ्रमण गरेका थिए भने भदौ महिनामा ८ हजार ८८० जनाले निकुञ्जको भ्रमण गरेका थिए । 

यस्तै साउन महिनामा ९ हजार ६९१, असोजमा २६ हजार १६ जना, मंसिर महिनामा २२ हजार ८ जना र  पुष महिनामा ३१ हजार ९५३ जनाले निकुञ्ज भ्रमण गरेका थिए । यसैगरी माघ महिनामा २३ हजार ६४७, फागुन महिनामा २९ हजार १९६ , चैत्र महिनामा ३४ हजार ४८९ जना र बैशाख महिनामा ३७ हजार २८५ जनाले भ्रमण गरेको निकुञ्जले जानकारी दिएको छ । 

पर्यटकले निकुञ्ज प्रवेश शुल्क, जीपसफारी लगायतका गतिविधि गरेवापत शुल्क बुझाउनु पर्ने हुन्छ । निकुञ्जमा नेपाली प्रति पर्यटक शुल्क १५० रुपैंया, सार्क देशका पर्यटकका लागि प्रतिव्यक्ति एकहजार रुपैंया र अन्य देशका पर्यटकका लागि प्रति व्यक्ति दुईहजार रुपैंया प्रवेश शुल्क तोकिएको छ । 

१९ करोड ३९ लाख राजश्व संकलन 
चालु आब १० महिनाको अवधिमा पर्यापर्यटनबाट निकुञ्जले १९ करोड ३९ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार साउन देखि बैशाख महिनाको अवधिमा १९ करोड ३९ लाख ३२ हजार २५० रुपैंया राजश्व संकलन गरेको छ । कार्यालयले पर्यटकको निकुञ्ज प्रवेश शुल्क र जीपसफारी लगायतको शुल्कबाट आम्दानी गर्ने गरेको हो  ।  

सो अवधिमा सबैभन्दा बढी बैशाखमा बैशाख महिनामा २ करोड ५२ लाख ७९ हजार सातसय रुपैंया र सबभन्दा कम साउनमा ४८ लाख ७ हजार तीनसय रुपैंया राजश्व संकलन गरेको छ । यसैगरी निकुञ्जले भदौ महिनामा ५१ लाख ३ हजार तीनसय ,असोज महिनामा १ करोड ३६ लाख ४८ हजार पाँचसय ,कार्तिक महिनामा मंसिरमा १ करोड ४२ लाख ७३ हजार २५० र पुष महिनामा १ करोड ४५ लाख ५८ हजार दुईसय संकलन गरेको छ । यस्तै निकुञ्जले माघ महिनामा ९१ लाख २ हजार २५० रुपैंया, फागुनमा १ करोड ६१ लाख ४५ हजार २५० , चैत्र महिनामा २ करोड ४१ लाख १८ हजार ५५० रुपैयाँ र संकलन गरेको जानकारी दिएको छ । निकुञ्जले सो अवधिमा जीपसफारीबाट मात्रै ४ करोड १८ लाख ९ हजार पाँचसय रुपैंया संकलन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्