ट्रकको ठक्करबाट हात चुडिएको युवकको ज्यान गयो



काठमाडौं,जेठ १३ । बसमा रहदा हात बाहिर निकालेको अवस्थामा विपरित दिशाबाट आएको ट्रकको ठक्करबाट हात चुडिएको युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग हेटौंडातर्फबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ८३९४ नम्बरको बसको ठक्करबाट हात चुडिएका पुरुषको मृत्यु भएको हो । मृत्यु हुने पुरुषको पहिचान खुलेको छैन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार शनिबार बिहान बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा अर्कोतिरबाट आएको ट्रकले च्याप्दा ती पुरुषको पाता भन्दामुनिको भाग चुँडिएको छ भने निधारमा चोट लागेको थियो । दाहिने हातको टुक्रा पछि प्रहरीले उद्धार गरी अस्पताल पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्