टोखा-छहरे सुरुङ्ग मार्गको लागि १ अर्ब, बालाजु-रानीपौवा सडकका लागि ४० करोड बजेट



काठमाडौं,जेठ १५ । सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ। आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको बताए ।

त्यस्तै सूर्यविनायक धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम समेत सरकारले विनियोजन गरेको छ । टोखा-छहरे सुरुङ्ग मार्गको लागि १ अर्ब बजेट विनियोजन गरेको बजेटमा उल्लेख छ । सुरुङ्ग मार्गको सम्भाव्यता अध्ययन र स्थानीयसंगको छलफल सकिएकाले सुरुङ्ग मार्गको थालनी हुने बताइएको छ । त्यस्तै बालाजु रानीपौवा देविघाट सडक स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरिएको उल्लेख छ ।

काठमाडौं चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन २ अर्ब ७ करोड छुट्टयाएको छ ।

प्रतिक्रिया दिनुहोस्