धादिङमा भिरबाट लडेर आमा र छोराको मृत्यु



धादिङ,जेठ १६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मासखर्कमा घाँस काट्न जाँदा ८ महिनाको गर्भवती १९ वर्षिय अप्सरा चेपाङ र साथमा गएको दुई वर्षिय छोराको भिरबाट लडेरे मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिरमा बालक लडेपछी उद्दार गर्न जाँदा अप्सरा चेपाङ पनि लडेको हुन सक्ने अनुमान गरिएको छ । करिब ५० मिटर आग्लो भिरबाट लडेकि उनलाइ करिब ४ घन्टापछि मलेखु टिचिङ हस्पिटल ल्याइएको थियो ।

हस्पिटलका पुर्याएकी उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भइसकेको अस्पतालले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्