पेस्तोल देखाएर चार जनाको समुहले लुट्यो एनएमबी बैंक

काठमाडौं,जेठ १६ । एनएमबी बैंकको शाखाबाट पैसा लुटपाट भएको छ । महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको शाखाबाट चार जना युवाको समूहले लुटपाट गरेको हो ।
प्रहरीका अनुसार मंगलबार दिउँसो १२ बजे तिर चार जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन् । ससिटिभी फुटेज अहिले समाजिक संजालमा बाहिरिएको छ ।
लुटपाट भएको रकमको विवरण आइसकेको छैन ।