राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं,जेठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।
सरकारले जेठ १२ गते नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।
संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो ।