अखण्ड भारतको नक्साप्रति झलनाथ खनालको आपत्ति



काठमाडौं, जेठ १७ । भारतको नयाँ नक्साप्रति पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका छन्।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खनालले २ मई २०२३ मा नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राख्ने नाउँमा लुम्बिनी र कपिलवस्तु जस्ता नेपालका अभिन्न भू-भागहरूलाई समेत भारतीय नक्सामा समेटिएको घटनाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले सो नक्साको बारेमा अविलम्ब भारतसँग उच्चस्तरीय राजनीतिक वार्ता गरेर सच्याउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्