राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपति संस्थाकै अपमान हो: कमल थापा



काठमाडौँ,जेठ १७ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र प‍ौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति संस्थाको अपमान गरेको बताएका छन् ।

अध्यक्ष थापाले बुधबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अध्यक्ष थापाले आपत्ति जनाएका हुन् ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित हुनुले भारतलाई खुसी पार्न विधेयक बनेकाे बताएका छन् ।

प्रमको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ,यो विधेयक कसलाई खुसी पार्न बनेको हो।राष्ट्रहित विपरित ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो।राष्ट्रप्रति बेईमानी हो ।

प्रतिक्रिया दिनुहोस्