प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता



काठमाडौं,जेठ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार (आज)भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच अहिले दुइदेशको आपसी हितका बिषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्री दाहाल ४ दिने भ्रमणका लागि बुधबार भारत गएका हुन् ।

दुईदेशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि उन्रीहरुले पत्रकार सम्मेलन गरेर समबोधन गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुनु अघि प्रधानमन्त्री दाहाल आजै बिहान महात्मा गान्धीको समाधीस्थलमा पुगेका थिए ।महात्मा गान्धीको समाधीस्थलमा पुगेर प्रधानमन्त्री दाहालले पुष्पहार अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्