नेपाल र भारतबीच भयो ७ सम्झौता



काठमाडौं,जेठ १८ । नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसहित १२० सदस्यीय टोलि अहिले भारत भ्रमणमा रहेको छ । भ्रमणको अवसरमा पारी नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् उक्त जानकारी दिएका हुन् ।

साथै, मोदीले नेपाल र भारतबीच रहेको सीमा विवाद समाधान हुने बताएका छन् । उनले सीमा समाधान हुने भने पनि कसरी र कहिले हुने भन्ने बारे केहि खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्