भोलिदेखि छहरे-टोखा सडक खण्ड बन्द



नुवाकोट,जेठ २१ । भोलि सोमबारदेखि जेठ ३२ गतेसम्म छहरे-टोखा सडक बन्द हुने भएको छ ।

सो सडकखण्डको बोहोरे खोला हुँदै छहरे सडकखण्डका विभिन्न क्षेत्रमा सडक निर्माण (asphalt) कार्य धमाधम भैरहेकाले सवारी आवतजावत बन्द हुने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

निर्माण समय बिहान ८ बजेदेखि ४ बजेसम्म बन्द हुने भएकाले बैकल्पिक सडकको उपयोग गर्न समेत सडक डिभिजनले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्